सभासदहरुले दिए अढाई करोड राहत
काठमाडौ – सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सभासदहरुबाट संकलित २ करोड ५७ लाख ८१ हजार ५ सय ९० रुपैयाँ बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएका छन् । सभाध्यक्ष नेम्बाङ्गले प्रधानमन्त्री सुशील कोइरालालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । राजनीतिक दलहरुको बैशाख १४ गते बसेको सर्वदलीय बैठकले संविधानसभाका पदाधिकारी र सदस्यहरुको एक महिनाको तलब भूकम्प पीडितहरुको सहयोगको लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धारकोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
यसैगरी , प्रधानमन्त्री राहत कोषमा संसद सचिवालयका कर्मचारीहरुले ११ लाख ९ हजार १सय ७५ रुपैयाँ सहयोग प्रदान गरेका छन्।संसद सचिवालयमा कार्यरत कर्मचारीहरुले संकलन गरेको सो रकम व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सोही कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे । संसद सचिवालयमा कार्यरत कर्मचारीहरुको मासिक तलब कट्टा गरी सो रकम संकलन गरिएको थियो ।