केएफसी र पिज्जा हट बन्द गर्न पाइदैन :मजदुरहरु
काठमाडौ ,८ जेठ । देवयानी इन्टरनेशनल प्राइजेजले बन्द गरेको काठमाडौको दरबार मार्ग र थापाथलीमा गरी दुई वटा शाखा रहेको केएफसी पिज्जा हट तत्काल सञ्चालन गर्न मजदुरहरुले माग गरेका छन् । पिज्जा हट ब्यवस्थापनले वैशाख ३० गतेदेखि बन्द गरिदिएपछि मजदुरहरुले तत्काल सञ्चालन गर्न माग गरेका हुन् ।मजदुर संगठनहरुबीच विवाद भइरहेका बेला कम्पनी ब्यवस्थापकले असहज परिस्थितिको कारण जनाउँदै बन्द गरेको थियो ।
देशमै विपत्तिका बेला थप पिडा दिने गरी कम्पनी बन्द गरिनु ठिक नभएकाले तत्काल वार्ता र छलफलबाट समाधान खोज्न आग्रह गरिएको अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष टीका सुवेदीले बताए ।मालिक र मजदुरबीच भएका सहमति र विवादलाई वार्ताबाट हल गर्न पनि संगठनले माग गरेको छ ।