भूकम्पपीडितलाई जस्तापाता वितरण

२०७२ जेष्ठ ९ गते, शनिबार

काठमाडौं, ९ जेठ । रसुवाका भूकम्पपीडितलाई वर्षायामको बसोबासमा सहज पार्न दाताले जस्तापाता वितरण गर्न थालेका छन् ।राहत सङ्कलन व्यवस्थापन र वितरण समितिका संयोजक स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरका अनुसार भूकम्पपीडितको सहयोगार्थ रसुवा टेक एन्ड एक्पिडिसनका प्रबन्ध निर्देशक बलराम न्यौपानेबाट भोर्ले गाविस २, ३ र ४ का ६५० घरधुरीलाई एक÷एक बन्डल र शिक्षा, वातावरण तथा समाज विकास संस्था सिड्स नेपालबाट भोर्लेका ५ र ७ का ४२१ घरपरिवारलाई डेढ बन्डलका दरले जस्तापात वितरण गरिएको हो ।
यस्तै यार्सा र सर्मथलीका गाविसका १९ वटा विद्यालयको पाठनपाठन सुचारु गराउन अस्थायी छाप्रो निर्माण र सर्मथलीका १४० घरपरिवारलाई दुई÷दुई बन्डलका दरले जस्ता वितरण गर्न जिल्ला विपद् विकास समितिसँग सहमति भइसकेको बताइएको छ ।
दाताको सानो सहयोगले पनि ग्रामीणवासीलाई ठूलो राहत मिल्ने भएकाले सहयोगको निरन्तरताका लागि सबैसँग आग्रह गरेको स्थानीय विकास अधिकारी ठाकुरले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार