गठ्ठाघरका चारवटा पसलमा एकैसाथ आगलागी

२०७२ जेष्ठ १६ गते, शनिबार

काठमाडौं, १६ जेठ । मध्यपुरथिमि नगरपालिका– १७ नमुना बस्ती गठ्ठाघरमा चारवटा पसलमा एकैसाथ आगलागी भएको छ । गठ्ठाघर स्थित डेरी पसलमा आज बिहान ग्यास लिक भएर आगलागी भएको हो । गठ्ठाघरबाट सानोथिमि जाने सडकमै रहेको दानबहादुर जिसीको टहरामा राखिएको आठवटा पसलमध्ये आगलागीबाट चार वटा पसलमा क्षति भएको छ ।
आगलागीबाट टङ्कप्रसाद पराजुलीको डेरी पसल, दीपेन्द्र खनालको मोबाइल पसल, मीरा भण्डारीको कपडा पसल र सविना लिम्बूको फेन्सी पसलमा क्षति भएको छ । डेरी पसलमा करिब रु १० लाख, मोबाइल पसलमा करिब रु पाँच लाख, कपडा पसलमा करिब रु चार लाख र फेन्सी पसलमा करिब रु चार लाखको क्षति भएको प्रहरीको भनाइ छ । भक्तपुर र काठमाडौँबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार

नेप्से १८.०२ अंकले घट्यो

२०८२ भाद्र ८ गते, आईतवार