गोमा एयरको विमान धावनमार्गमा चिप्लियो

२०७२ जेष्ठ १९ गते, मंगलवार

काठमाडौ, १९ जेठ । जोमसोमबाट पोखरा आउंदै गरेको गोमा एयरको नाइन एन ए के वाई कलसाइनको विमान आज बिहान पोखरा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अवतरण गर्ने क्रममा जहाजको अघिल्लो चक्का नखुलेपछि विमान धावनमार्गमा चिप्लिएको हो ।
विमानको अघिल्लो भागमा सामान्य क्षति पुगे पनि मानविय क्षति नभएको पोखरा विमानस्थलले जनाएको छ । विमानमा चालक दलका सदस्य सहित १८ जना सवार थिए । विमान धावन मार्गमै रहेकाले पोखरा विमानस्थलमा सबै उडान बन्द गरिएको छ ।
गोमा एयरले यही जेठ १२ गतेदेखि पोखरा–जोमसोम उडान सुरु गरेको थियो । अवतरण गर्नका लागि सबै इन्डिकेटर देखाएको चालकले बताएपनि अवतरण गर्ने क्रममा पांग्राा भने नखुलेको पोखरा विमानस्थल प्रमुख इमनाथ अधिकारीले जानकारी दिए । पहिरोले बेनी सोमसोम सडकखण्ड अवरुद्ध भएपछि विमानमा यात्रुहरुको चाप ह्रवात्तै बढेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार