भन्सार छल्ने तीनजना प्रहरी फन्दामा

२०७२ जेष्ठ २० गते, बुधबार

काठमाडौं,२० जेठ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर ल्याइएको कपडा सहित ३ जनालाइ पक्राउ गरेको छ । प्रहरीका अनुसार १ लाख १५ हजार रुपैयाँ बराबरको कपडा सहित बुटवल १२ का २३ वर्षका बिष्णु फुजेल , बुटवल ५ का २३ बर्षका अबिन के सी र बुटवल ११ का ३९ वर्षका सन्तोषकुमार पछाई मंगलबार राती पक्राउ परेका हुन ।
उनीहरुको साथबाट २ वटा मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ । भारतबाट भन्सार छली अबैध रुपमा मोटरसाइकलमा राखि नेपाल तर्फ कपडा ल्याउँदै गरेको अवस्थामा सिद्धार्थनगर नगरपालिका २ मेउडिहवाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार