राष्ट्र बैंकद्वारा भुकम्पपीडित कर्जा कार्यबिधि सार्वजनिक

२०७२ जेष्ठ २१ गते, बिहीबार

काठमाडौं, २१ जेठ । नेपाल राष्ट्र बैंकले भुकम्पपीडितलाई क्षतिग्रस्त घर निर्माण प्रयोजनमा प्रयोग गर्न पाउने गरी प्रदान गर्न लागिएको दुई प्रतिशत ब्याज दरको कर्जा कार्यविधिको मस्यौदा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार सरोकारवालाहरुको नाममा पत्र लेखी कार्यविधिको मस्यौदा छलफलमा ल्याएको हो । मस्यौदामा बार्षिक दुई प्रतिशत ब्याजदरमा भुकम्पपीडतलाई सुरक्षित आवास निर्माण गर्न राजधानीमा २५ लाख र राजधानी बाहिर १५ लाख कर्जा उपलब्ध गराउने कुरा उल्लेख छ । यस्तो कर्जा १० बर्ष अवधिसम्मका लागि प्रयोग गर्न पाईने र कर्जा लिंदा कुनै सेवा शुल्क तिर्न नपर्ने प्रावधान राखिएको छ ।यसरी प्रबाह गरिएको कर्जा सम्बन्धित संस्थाको प्राथमिक पूँजीको ८० प्रतिशत भन्दा बढी हुनु नहुने र प्रबाह गरिएको कर्जा बराबर राष्ट्र बैंकले सुन्य ब्याज दरमा पुर्नकर्जा बैंकलाई उपलब्ध गराउने छ ।
यस कर्जाका लागि आबेदन दिन भुकम्पले घर क्षतिग्रस्त गरेका ब्यक्ति भई निज र निजको परिवारको नाममा अरु कुनै आवासीय घर नभएको कुरा स्थानीय निकायबाट प्रमाणित गराउनुपर्ने छ । प्राप्त कर्जा घर निर्माणमा मात्र लगाउनुपर्ने छ ।यस्तो कर्जा प््बाह गर्दा बैंकले कुनै अन्य शुल्क लिन, ब्याज दर दुई प्रतिशत भन्दा बढाउन र ऋणीले तोकिएको समय भन्दा अगावै कर्जा तिर्न चाहेमा कुनै शुल्क लिन नपाउने ब्यवस्था गरिएको छ ।
त्यसैगरी घ बर्गका लघुवित्त संस्थाहरुको सिफारिसमा प्रदान गरिएका दुई लाखसम्मको कर्जामा पनि दुई प्रतिशत ब्याज दरको दुई लाख रुपैयाँसम्मको कर्जा प्रबाह गरिने उल्लेख छ । बैंकरहरुले भने कर्जा परिचालनबाट उठ्ने दुई प्रतिशत ब्याज दरबाट आफ्नो खर्च नउठ्ने र एक प्रतिशत प्रोभिजन रकम पनि तिर्नुपर्ने गुनासो गर्दै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार