विमानस्थलको धावनमार्गमा आगलागी
काठमाडौं, २४ जेठ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज विमानस्थलको धावनमार्गमा आइतबार दिउँसो आगलागी भएको जनाएको छ । प्रहरीका अनुसार दिउसो सवा तीन बजे धावनमार्गको घासेमैदानमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि दमकलको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीहरु खटिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकसहित जिल्लाका सुरक्षा अधिकारीकाहरु विमानस्थलमा पुगेका छन ।
आगो नियन्त्रणमा आउनेक्रममा रहेको प्रहरीले जनाएको छ । आगलागीका कारण उडान प्रभावित भएका छन् ।