नागरिक बचतपत्रमा माग अनुसार आवेदन परेन

२०७२ जेष्ठ २७ गते, बुधबार

काठमाडौं,२७ जेठ । सरकारले निष्काशन गरेको २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्रमा मागभन्दा १६ करोड रुपैयाँ कम आवेदन परेको छ ।
नेपाल राष्ट्र बैंकले जेठ १२ गतेदेखि २६ गतेसम्म बिक्री खुल्ला गरेको यो बचतपत्रमा २ अर्ब ३४ करोड रुपैयाँ बराबरको आवेदन परेको प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले जानकारी दिए । ‘पहिला-पहिला हामीले आहृवान गरेभन्दा निकै कम आवेदन पथ्र्यो’ श्रेष्ठले भने- ‘त्यस आधारमा यस पटकको आवेदन निकै धेरै हो ।’ कूल जारी गरिएको रकमभन्दा कम आवेदन परेकाले आवेदकहरुले आफूले माग गरेजति बचतपत्र पाउने उनले बताए । श्रैष्ठका अनुसार थारैमा १० हजारदेखि धेरैमा ६ करोड रुपैयाँसम्मको आवेदन परेको छ । २०७२ असार १ गतेदेखि गणना भएर पाँच वर्षका लागि निष्काशन गरिएको यो बचतपत्रमा ८ प्रतिशत व्याजदर दिने राष्ट्र बैंकले जनाएको छ । यो बचतपत्र खरिद गर्ने लगानीकर्ताले प्रत्येक ६ महिनामा व्याज भुक्तानी पाउँछन । नागरिक बचतपत्रमा दिइएको व्याजदर अहिलेको बजारको व्याजदर भन्दा झण्डै दोब्बर बढी हो ।
राष्ट्र बैंकले उपत्यका र मोफसलमा रहेका आफ्ना ७ वटा कार्यालयबाट र विभिन्न बैंक तथा वित्तीय संस्थाहरु देशभरका ५० स्थानबाट यो बचतपत्र बिक्री गरेका थिए । भूकम्पले पुर्‍याएको क्षतिको पुनसंरचनाका लागि सरकारले यो आर्थिक वर्षको अन्त्यसम्ममा ५३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसक्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार