विदेशी सहयोग पाउने आशमा परिचय–पत्र लिनेको ओइरो
काठमाडौं, २ असार । रसुवामा विदेशी सहुलियत पाइने हल्ला र राहतको रकम बढी पाइने आशले भुकम्पपीडित परिचयपत्र लिने क्रम बढेको गाविस सचिवहरुले बताएका छन् । जिल्लाको तल्लो भेगको लहरेपौवा–१ मा वडा नागरिक मंच र दलीय संयन्त्रभन्दा व्यक्तिवादी हावी भएको गाविस सचिवले जनाएका छन् । गाविस सचिव गीता सापकोटाले भनिन् नियम अनुसार काम गर्न खोज्दा व्यक्ति हावी भएका कारण केही परिचयपत्र बढेको हुन सक्ने बताइन् । गाविसमा विदेशी सहुलियत पाइन्छ भनेर परिचयपत्र लिनेहरु बढेको स्थानीय कृष्ण पौडेलले बताए । भुकम्पपीडित कार्ड लिएपछि विदेशी जान, बालबच्चालाई छात्रवृत्ति सजिलै पाइने लगायतका सुविधा पाइने हल्लाले परिचयपत्र लिने शिक्षित ठाउँमा बढेको स्थानीयले स्वीकारे ।
त्यसैगरी परिचयपत्र बनाए सबैले १५/१५ हजार र अन्य सुविधा पाइन्छ भनेर पनि परिचयपत्र लिने बढेको पनि कडाई गरेको यार्साका सचिव अच्युत खरेलले बताए । केही गाविसमा थोरै समस्या देखिएको स्थानीय विकास अधिकारी गजेन्द्र ठाकुरले बताए ।
‘जिल्लामा सामान्य समस्या आउछन्,’उनले भने–‘उनीहरुलाई कानुन लाग्छ ।’ जिल्लाको १८ गाविस मध्ये १३ गाविसमा भुकम्प पीडित परिवार परिचयपत्र वितरण भैरहेको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा वितरण परिचपत्र वितरण भैरहेकोले कति वितरण भएको कुनै जानकारी नआएको जिल्ला दैवी प्रक्रोप उद्धार समितिले जनाएको छ । ‘टोली खटिएको छ,’ समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने, ‘कति वितरण भएको जानकारी आउन बाकी छ ।’