भुकम्पपछिको अवस्थाको अनुगमन गरिदै
काठमाडौ, ३ असार । राष्ट्रिय योजना आयोगले संसदिय टोली सहित आज मुलुकका विभिनन स्थानमा भुकम्प पछिका अवस्थाका बारेमा अनुगमन सूरु गर्दै छ । आयोगले सरकारले भुकम्प प्रभावितका लागि गरेको प्रयास र यसको प्रभावकारिताको बारेमा काठमाडौ लगायत अन्य ९ जिल्लमा अनुगमन गर्न लागेको हो ।
मानब अधिकार आयोगका अध्यक्ष सहितको टोलीले आज विहान साढे ११ बजे बिर अस्पतालको ट्रमा सेन्टरमा उपचारत विरामीहरुको अवस्थाका बारेमा अनुगमन गर्ने आयोगका उपनिर्देशक यज्ञ पसाद अधिकारीले जानकारी दिए ।
यस्तै टोलीले दरबार हाईस्कुलमा गएर विद्यालयको भौतिक अवस्था शिक्षक विद्यार्थीको शिक्षाको अधिकार र बाल अधिकारको विषयमा पनि जानकारी लिन लागिएको अधिकारीले बताए ।आयोगले राजधानीका विभिन्न स्थानमा रहेका भुकम्प पिडितको अवस्था, राहत वितरणको अवस्था ,बालबालीका, महिला र जेष्ठ नागरीकहरुको अवस्थाका बारेमा समेत जानकारी लिनेछ ।
यसअघि आयोगले अति प्रभावित १५ जिल्लाको अनुगमन गरेर सरकारलाइ प्रतिवेदन बुझाइसकेको छ ।