सुनको भाउ ५० हजारभन्दा कम

२०७२ श्रावण १ गते, शुक्रबार

काठमाडौं, १ साउन । सुनको भाउ सस्तिएर तोलाको ४९ हजार ५ सय रुपैंयामा झरेको छ । केही दिन यता लगातार घटेको सुनको भाउमा आज ७ सय रुपैयाँ घटेर तोलाको ४९ हजार ५ सय रुपैंयामा किनबेच भैरहेको छ । २०७१ सालको चैतमा सुनको भाउ तोलामा ४९ हजार ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
नयाँ बजेटमा सरकारले सुनको आयातमा भन्सार घटाएकाले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नयाँ आर्थिक वर्षमा सरकारले १ किलो सुन आयात गर्दा सरकारले १ लाख रुपैयाँ भन्सार छुट दिएको छ । समग्रमा यो हप्ता भने सुनको भाउ तोलामा १२ सय रुपैंयाले घटेको छ ।
सुनको भाउ घटेपनि कारोबार भने सन्तोषजनक नभएको व्यवसायीले बताएका छन् । अहिले विवाहको सिजन नभएको र भूकम्पपछि कारोबारमा मन्दी आएको व्यवसायीको भनाइ छ । अहिले दैनिक १० देखि १२ किलोको हाराहारीमा सुनको कारोबार हुने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार