इन्धनको मूल्य घट्यो

२०७२ भाद्र १६ गते, बुधबार

काठमाडाैँ, १६ भदाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य बुधबारबाट लागू हुने गरी घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा दुई रूपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३५ रूपैयाँ घटाइएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए ।
यसअघि पेट्रोलको मूल्य प्रतिलि १०६ रूपैयाँ र ५० पैसा तथा डिजेल र मट्टितेलको प्रतिलिटर ८४ रूपैयाँ थियो । खाना पकाउने ग्यासको मूल्य यसअघि एक हजार ४ सय ३५ रहेकोमा अब एक हजार ४०० रूपैयाँ हुनेछ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण नेपाली बजारमा पनि समायोजन गर्नु परेको प्रवक्ता बरालले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार