डिजेल र मट्टितेलको मूल्य पुन घट्यो

२०७२ भाद्र २१ गते, सोमबार

काठमाडौं,२१ भदौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको बिक्री मूल्य फेरि घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा एक/एक रुपैंया घटाउने निर्णय गरेको हो । निगमका प्रवक्ता दीपक बरालका अनुसार सार्वजनिक यातायातको भाडा कम गर्न सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर एक/एक रुपैंया घटाइएको हो ।
उहाँले अन्तर्राष्ट्रिय बजारमा मूल्य समायोजन नभए पनि सरकारको आग्रहमा बिक्री मूल्य घटाइएको र यसले सम्पूर्ण यात्रुवर्गलाई सहयोग पुग्ने बताउनुभयो ।
भाउ घटेपछि डिजेल र मट्टितेलको मूल्य ८३ रुपैंया कायम हुनेछ । पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य भने पुरानै कायम हुने निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार