राष्ट्र बैंकले २००० र १०० दरको सिक्का निस्कासन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २००० र १०० दरको सिक्का निस्कासन गर्ने भएको छ । राष्ट्र बैंकले संविधान घोषणा भएको ऐतिहासिक अवसरको सम्झनामा स्मारिका सिक्का निस्कासन गर्ने भएको हो । केन्द्रीय बैंकले २००० रुपैयाँ दरको चाँदीको सिक्का र १०० रुपैयाँ दरको क्यूप्रोनिकेल धातुको स्मारिका सिक्का निस्कासन गर्ने भएको छ । ‘ऐतिहासिक दिनको सम्झौतामा दुई हजार र एक सय रुपैयाँ अंकित दरका सिक्का निस्कास गर्ने घोषणा गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताएका छन ।