इन्धन भित्र्याउन पहल हुँदैछ : निगम

२०७२ आश्विन १५ गते, शुक्रबार

काठमाडौ, १४ असोज । नेपाल आयल निगमले इन्धन आयातको लागि पहल भैरहेको जनाएको छ । भारतको अघोषित नाकाबन्दीले इन्धनको आपूर्ति ठप्प हुँदा जनजीवन निकै कष्ठकर बनेको छ । भारतबाट आयात ठप्प भएपछि आपूर्तिको अरु विकल्पका बारेमा छलफल भैरहेको निगमका प्रवक्ता दीपक बरालले बताए । निगमसँग अब बढीमा २०/२५ दिनलाई मात्र पुग्ने इन्धन छ ।
अहिलेसम्म स्टकबाट ४ सय किलोलिटर पेट्रोल र ९ सय किलोलिटर डिजेल वितरण गरिसकेको निगमलाई अब इन्धनको व्यवस्थापन गर्न समस्या परेको छ । बंगलादेशबाट ग्यास आयात र चीनबाट पेट्रोल ल्याउने तयारी भएपनि कसरी ल्याउने भन्नेमा अन्यौल रहेको निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार