आज ७ देखि १० लटसम्मका कार/जीपलाई पेट्रोल
काठमाडौं, २३ पुस । आज ७ देखि १० लटसम्मका कार/जीपलाई पेट्रोल दिने नेपाल आयल निगमले जनाएको छ । बुधबार १ देखि ६ लटसम्मका कार तथा जीपलाई काठमाडौंका विभिन्न पम्पबाट पेट्रोल बिक्री गरेको निगमले शुक्रबार ७ देखि १० लटसम्मका कार तथा जीपलाई पेट्रोल बिक्री गर्नेछ ।
शुक्रबार काठमाडौं उपत्यकाका ४५ वटा पम्पबाट पेट्रोल बिक्री गर्ने निगमले जनाएको छ । शुक्रबार पेट्रोल वितरण गर्ने पम्पलाई बिहीबार नै निगमको थानकोट डिपोबाट पेट्रोल उपलब्ध गराइने छ ।
पेट्रोल लिनका लागि नविकरण गरिएको ब्लु बुकसहित लटका आधारमा लाइनमा बस्न निगमको अनुरोध छ । बिहान ९ बजेदेखि तोकिएको पम्पबाट पेट्रोल वितरण सुरु हुनेछ ।
कार तथा जीपले १५ लिटरका दरले पेट्रोल पाउने निगमले जनाएको छ । ११ देखि माथि लटका कार तथा जीपले आउँदो सोमबार पेट्रोल भर्न पाउने छन् ।