अमेरिकी डलरको भाउ १०७ रुपैयाँ नाघ्यो

२०७२ पुष २५ गते, शनिबार

काठमाडौं, २५ पुस । नेपाली बजारमा एक अमेरिकी डलरको भाउ एक सय ७ रुपैयाँ नाघेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर १ सय ६ रुपैयाँ ५३ पैसामा किनेर १ सय ७ रुपैयाँ १३ पैसामा बिक्री गर्ने जनाएको छ । बिहीबार देखिनै डरको भाउ १ सय ७ रुपैयाँभन्दा बढी भएको हो ।
अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएपछि अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढेको हो । अन्तराष्ट्रियस्तरका ठूलो लगानी कर्ताले डरल किनेर होल्ड गर्न थालेका छन् । नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको भाउ बढ्दा फाइदाभन्दा बढी घाटा हुने विज्ञहरुले बताउँदै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु