१०१ ट्यांकर इन्धन भित्रियो
काठमाडौं, २७ पुस । हिजो विभिन्न सीमा नाका हुँदै १०१ ट्यांकर इन्धन नेपाल भित्रिएको छ । यसबाहेक ती नाकाबाट मालवाहक सवारी साधनसमेत भित्रिएका छन् । काँकडभिट्टा–पानीट्याङ्की नाकाबाट दिनभरमा मालवाहक गाडीमात्र नेपाल प्रवेश गरे ।
यस्तै विराटनगर–जोगबनी नाकाबाट दिनभरमा ३६ ट्यांकर डिजेल, १५ ट्यांकर पेट्रोल, ३ बुलेट ग्यास, २०५ वटा मालवाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ । भैरहवा–सुनौली नाकाबाट ८ बुलेट ग्याससहित २७० वटा मालवाहक गाडीमात्र नेपाल भित्रिए । नेपालगञ्ज–रुपैडिहा नाकाबाट १९ ट्यांकर डिजेल, ७ ट्याङ्कर पेट्रोल, ७ ट्याङ्कर हवाई ईन्धन, १ ट्याङ्कर मट्टितेल, ५ बुलेट ग्याससहित मालवाहक गाडी नेपाल भित्रिए ।