भारु सटही काउन्टरमा राजश्व अनुसन्धानको छापा
काठमाडौ, २७ पुस । राजश्व अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको संयुक्त अनुगमन टोलीले झापाको काकरभिटटामा सञ्चालित भारु सटही काउन्टरमा छापा मारेको छ । छापामा मारेर चारवटा भारु सटही काउन्टरबाट आवश्यक कागजपत्र जफत गरि लगेको बताइएको छ । संयुक्त अनुगमन टोलीले काकरभिटटामा सञ्चालित झापा, श्रीजंगा, उत्सव र धुलावारी मनि चेन्जरबाट कागजपत्र जफत गरि लगेको राजश्व अनुसन्धान विभाग क्षेत्रीय कार्यायल इटहरीले जनाएको छ ।
झापाका सिमावर्ती क्षेत्रमा सञ्चालित भारु सटही काउन्टरहरुले सेवाग्राहीबाट एक सय रुपैया भारु सटही बापत नेपाली १० देखि १५ रुपैया सम्म लिने गरेको विशेष सूचनाको आधारमा राजश्व र अख्तियारले छापा मारेको बताइएको छ । राष्ट बैकबाट स्वीकृती प्राप्त सटही काउन्टरले १ सय भारु सटही बापत ४० पैसा सेवाग्राहीबाट लिनुपर्ने कानुनी अधिकार छ । तर झापाका सटही काउन्टररुले पछिल्लो समयमा सेवाग्राहीबाट राष्ट बैकले तोकिएको भन्दा चर्को शुल्क लिने गरेका छन ।