नेपाली टोली श्रम सम्झौता गर्न मलेसिया जाँदै
काठमाडौ, २८ पुस। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारी, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका प्रमुखहरू आज मलेसिया भ्रमणमा जाँदैछन् । नेपाली कामदारको अवस्थासँगै श्रम सम्झौता गर्न टोली जान लागेको हो । अख्तियार र मलेसियाको एन्टी करप्सन कमिसनबीच समझदारी (एमओयु) गर्ने तयारी भइरहेको छ । अख्तियारले करिब ६ लाख नेपाली कार्यरत रहेको मलेसियामा नेपाली कामदारले भोगेका समस्या बुझ्न विभाग र बोर्डका प्रमुखहरूलाई लैजान लागेको हो ।
श्रमिकका समस्या बुझ्न विभाग र बोर्डका प्रमुखहरू जान लागेको वैदेशीक रोजगार प्रवद्र्धन वोर्डले जनाएको छ । टोलीमा अख्तियारका सहसचिव जीवनप्रकाश सिटौलासहित चारजना र विभागका महानिर्देशक केदारबहादुर बोगटी र बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले लगायत छन ।