घुससहित इञ्जिनियर पक्राऊ
काठमाडौं, ३० पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्रिय कार्यालयको सम्पर्क कार्यालय बुटवलको टोलीले जिल्ला प्राविधिक कार्यालय नवलपरासीका सवइञ्जिनियर मनोज कुमार यादवलाई ३० हजार रुपैयाँ घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । नवलपरासीको कावासोतीका एक व्यक्तिबाट यादवले कल्भर्टको लागत स्टिमेट बनाइदिने भन्दै ३० हजार रुपैयाँ घुस मागेको उजुरी परेपछि अख्तियारको टोली परिचालित भएको थियो ।
मधेस आन्दोलन र नाकाबन्दीको समयमा पनि अख्तियारको बुटवल कार्यालय सक्रिय छ । मधेस आन्दोलनको समयमा आन्दोलनको समस्या देखाएर पनि भ्रष्टाचार हुनेसक्ने भएकाले अनुगमन जारी राखेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।
आन्दोलनले चार पाङ्ग्रे गाडी नचलेको अवस्थामा पनि अख्तियारके टोली मोटरसाइकलमा नै लुम्बिनी अंचलका ६ जिल्लाहरु रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाका विकट स्थानहरुमा पनि स्थलगत अनुगमन गरिरहेको छ ।