बैंक र जलविद्युतमा करोडौको शेयर खुल्दै

२०७२ माघ २ गते, शनिबार

काठमाडौँ । चालु आबमा बैंक र जलविद्युत क्षेत्रमा करोडौको शेयर खुल्ने भएको छ । राष्ट्र बैंकले बैंकहरूलाई न्यूनतम चुुक्ता पुँजी वृद्धि गर्न दिएको निर्देशन कार्यान्वयनमा ल्याउने क्रममा बैंकहरूले करोडौको हकप्रद शेयर जारी गर्न लागेका छन भने जलविद्युत क्षेत्रमा पनि करोडौको प्राथमिक शेयर खुल्ने भएको छ । यसै सिलसिलामा केही दिनभित्र ५० करोड रुपैयाँ बराबरको हकप्रद बजारमा आउने भएको छ । राष्ट्र बैंकले न्यूनतम चुुक्ता पुँजी वृद्धि गर्न दिएको निर्देशन कार्यान्वयनमा ल्याउने क्रममा क्षेत्रीयस्तरको एक्सेल डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा सनराइज बैंक लिमिटेडले माघको पहिलो साता झण्डै ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुुल्ला गर्न लागेका हुन् । सनराइज बैंकले सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलमार्फत एक सय बराबर १५ को अनुपातमा ३६ करोड ९० लाख सात हजार तीन सय रुपैयाँ बराबरको ३६ लाख ९० हजार ७३ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सनराइजको माघ १० गतेबाट खुल्ला हुुने हकप्रद बिक्री फागुन ११ गते बन्द हुनेछ । चुक्ता पुँजी दुई अर्ब ४६ करोड रुपैयाँ रहेको बैंकको हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी दुई अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा पुुग्नेछ । क्षेत्रीयस्तरमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको एक्सेल डेभलपमेन्ट बैंकले पनि पाँच करोड २५ लाख रुपैयाँको हकप्रद सेयर निष्काशन गर्नलागेको छ । एक्सेलले बिक्री प्रबन्धक एस क्यापिटलमार्फत माघ ७ गतेबाट चारबराबर एक दशमलव शून्य तीनको अनुपातमा हकप्रद सेयरको बिक्री गर्न लागेको हो । एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी निष्काशन गर्न लागिएको पाँच लाख २५ हजार कित्ता हकप्रद सेयरको बिक्री फागुन १२ गतेसम्म जारी रहनेछ । हाल अधिकृत पुँजी ४० करोड, जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको बैंकको हालको चुक्ता पुँजी २० करोड २५ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् एक्सेलको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ पुुग्नेछ ।
क्षेत्रीयस्तरकै इन्नोभेटिभ डेभलपमेन्ट बैंकले पनि १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको छ । बैंकले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत माघ ८ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीनबराबर एकको अनपातमा १० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नलागेको हो । उक्त हकप्रद सेयरको बिक्री फागुुनको १३ गतेसम्म खुुल्ला रहनेछ । हाल अधिकृत पुँजी ४० करोड र जारी पुँजी २५ करोड रुपैयाँ रहेको बैंकको हालको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ ।
यसैबीच, मेगा बैंक नेपाल लिमिटेडको साधारणसभाले लगानीकर्तालार्ई १० प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ । बैंकको हालै सम्पन्न पाँचौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट साढे १० प्रतिशत लाभांशसहित २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । पश्चिमाञ्चल डेभलपमेन्ट बैंकसँगको मर्जरलाई पनि अनुमति दिएको साधारणसभाले पश्चिमाञ्चल बैंकसँग मर्जरपछि हुन आउने बैंकको चुक्तापुँजीको २५ प्रतिशत अर्थात ४ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । मेगा बैंक र पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको शेयर आदान प्रदानको अनुपात १०४.२५ ः ६७ कायम हुने भएको छ । साधारणसभाले बैंकको अधिकृत पुँजी ४ अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ पु¥याउन, जारी पुँजी २ अर्ब ६० करोड ९६ लाख रुपैयाँबाट वृद्धि गरी ४ अर्ब ५ करोड ७ लाख १८ हजार ९३२ रुपैयाँ र चुक्ता पुँजी २ अर्ब ६० करोड ९६ लाख रुपैयाँबाट बढाएर चार ४ अर्ब ५ करोड ७ लाख १८ हजार ९३२ रुपैयाँ पु¥याउने प्रस्ताव पनि पारित गरेको छ ।
त्यस्तै सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जनालाई सञ्चालक समितिमा निर्वाचित समेत गरेको छ । सञ्चालक समितिमा निर्वाचित हुने संस्थापकहरूमा भोजबहादुर शाह, गोपाल खनाल, मदनकुमार आचार्य, शम्भुविक्रम थापा, इन्द्रबहादुर मल्ल ठकुरी र ईश्वरबहादुर गुरुङ्ग रहेका छन् । यसअघि नै चेतनारायण पाण्डे र दिपेन्द्र अग्रवाल सर्वसाधारण समूहबाट निर्वाचित भइसकेका छन् । साधारणसभाको अवसरमा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले गत बैशाख १२ को भूकम्पपछि अर्थतन्त्र अप्ठेरो अवस्थाबाट गुज्रिए पनि मेगा बैंकको वित्तीय अवस्था सकरात्मक भएको बताए । उनले गत आर्थिक वर्षमा बैंकले ३४ करोड ६२ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको जानकारी दिए । चालू आर्थिक वर्ष २०७२–७३ को पहिलो त्रैमासिक अवधिमा बैंकको कूल निक्षेप १ अर्ब ४३ करोड रुपैयाँले वृद्धि भई २२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने कर्जा ९० करोड रुपैयाँले वृद्धि भई १८ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकले ८ करोड ४३ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ ।
यसैगरी, चालु आर्थिक वर्षमा यी हाइड्रोपावरले प्राथमिक सेयर निष्काशन गर्ने तयारी गरिरहेका छन्–
अपर तामाकोशी हाइड्रो पावर लिमिटेड
गत बर्ष अपर तामाकोशी हाइड्रो पावर लिमिटेडले नेपाली पुंजी बजारमा अहिलेसम्मकै ठुलो ५ अर्ब १८ करोडको शेयर निस्कासनको लागि अनुमति पाएको थियो । १० अर्ब ५९ करोड चुक्ता पुँजी रहेको अपर तामाकोशीको क्षमता ४५६ मेगावाट रहेको छ । कम्पनीले ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधरणका लागि १५ प्रतिशत छुट्टाइएको छ भने बाँकी ३४ प्रतिशत शेयर कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, दोलखाका स्थानीय वासिन्दा, विद्युत प्राधिकरण र तामाकोसीका कर्मचारी, नेपाल टेलिकम र बीमा संस्थानका कर्मचारीलाई छुट्टाइएको थियो । यसले गत फागुनमा आयोजनामा ऋण लगानी गर्ने निकाय, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोषका कर्मचारी, अपर तामाकोसी हाइड्रो पावर कम्पनीका कर्मचारीको लागि कुल ४९ प्रतिसत शेयर मध्ये २४ प्रतिसत अर्थात् ३ करोड ६० हजार कित्ता शेयर निस्कासन गरिसकेको छ । यसले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूका लागी १ करोड ८२ लाख ९९ हजार ५ सय २० कित्ता, सञ्चय कोषका कर्मचारीका लागी १५ लाख २४ हजार ९ सय ६० कित्ता, नागरिक लगानी कोषका कर्मचारीका लागी ३ लाख ४ हजार ९ सय ९२ कित्ता, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कर्मचारीका लागी ९ लाख १४ हजार ९ सय ७६ कित्ता, राष्ट्रिय विमा सस्थानका कर्मचारीका लागी ३ लाख ४ हजार ९ सय ९२ कित्ता शेयर, अपर तामाकोशी हाइड्रोपावर कम्पनी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका लागि ४० लाख ६६ हजार ५ सय ६० कित्ता शेयर निष्काशन गरेको हो ।
गत आर्थिक बर्षको अन्ततिर दोलखावासीको लागि छुट्याएको १० प्रतिसत अर्थात १ करोड ५९ लाख कित्ता शेयर विनासकारी भूकम्पको कारण निश्कासन रोकिएको छ । प्रायः दोलखावासीहरू अहिले भुकम्पको चरम चपेटा परेको कारण तत्काल शेयर निस्कासनको सम्भावना कम रहेको छ । कम्पनीले चाहेको खण्डमा सर्वसाधारण लागि छुट्याएको १५ प्रतिसत चालु आर्थिक बर्ष भित्र निश्कासन गर्ने सम्भावना प्रबक रहेको छ । हालसम्म निश्कासन यही सालमा हुन्छ भन्ने अनिश्चित रहेको छ । शेयर निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोष र एनसीएम मर्चेण्ट बैङ्किङ विक्री प्रबन्धक रहेको छ ।
खानीखोला हाईड्रोपवार कम्पनी लिमिटेड
खानी खोला हाईड्रोपवार कम्पनी लिमिटेडले मङ्सिरमा स्थानिय ललितपुर जिल्लाको भट्टेडाँडा, इकुडोल र संखु गाविसका बासिन्दाहरूलाई कबोल बमोजिमको ४ लाख ६५ हजार ७ सय १४ कित्ता शेयर निश्कासन गरिसकेको छ । यसले चालु आर्थिक बर्ष भित्र नै सर्वसाधारणको लागि पनि शेयर निश्कासन गर्ने तयारी गरेको छ । खानीखोला हाईड्रोपवार कम्पनी लिमिटेडको कास्केड आयोजना अन्तर्गत ललितपुर भट्टेडाँडाबाट २ मेगावाट विद्युत् उत्पादन गरिने भएको हो । यी दुवै आयोजनाको स्वामित्व पशुपति इनर्जी डेभलपमेन्ट कम्पनीमा रहको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । कम्पनीको आईपीओले इक्रा नेपालबाट ग्रेड फोर प्लस रेटिङ्ग प्राप्त गरेको छ ।
भैरवकुण्ड हाइड्रो पावर प्रालि
भैरवकुण्ड हाइड्रो पावर प्रालिले पनि ३१ करोड ८० लाख रुपैंया बराबरको आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीको केही समय अगाडि सम्पन्न साधारणसभाले कम्पनीलाई चालु आर्थिक बर्ष भित्र ३१ लाख ८० हजार कित्ता शेयर अर्थात ३१ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । २८ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको प्राथमिक शेयर निष्काशनपश्चात् चुक्ता पुँजी ६५ करोड पुग्नेछ । सिन्धुपाल्चोक जिल्लामा सञ्चालित भैरवकुण्ड हाइड्रोपावर ३ मेगावाट क्षमताको परियोजना हो ।
आ“खुखोला हाइड्रोपावर
आँखुखोला हाइड्रो पावर कम्पनिले आगामी चैत्र महिना भित्रमा २० लाख कित्ता अर्थात २० करोड रुपैंया बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन गर्दैछ । ६० करोड चुक्ता पुँजी रहेको कम्पनिको आईपिओ जारी भएपछि चुक्तापूँजी ८० करोड पुग्ने छ । धादिङ जिल्लामा सञ्चालित उक्त परियोजनाले विगत दुई वर्षदेखि नै बिद्युत्त उत्पादन शुरु गरिसकेको छ । उक्त परियोजनाले हाल ८ दशमलव ४ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । परियोजनामा माछापुच्छ«े बैंक, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सनराईज बैंक र काष्ठमण्डप डेभलपमेन्ट बैंकको कर्जा लगानी रहेको छ ।
ङ्यादी पावर कम्पनी
बुटवल पावर कम्पनी लिमिटेड र लम्जुङ्ग बिद्युत बिकाश कम्पनीको ठुलो शेयर हिस्सा रहेको ङ्यादी ग्रुप पावर लिमिटेडले सर्वसाधारणका लागि १४ लाख ६० हजार ६ सय ५ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । ३० मेगावाट क्षमता भएको आयोजनाले निर्माण सम्पन्न गरी प्रारम्भिक रुपमा ५ मेगावाट विद्युत् उत्पादन गर्न थालिसकेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स रहेको छ । आयोजना लमजुङ जिल्लामा संचालित छ । यस हाईड्रो पावरले पनि चालु आर्थिक बर्षभित्रमा सर्बसाधारणमा शेयर निश्कासन गरिरहेको जनाएको छ ।
कावेली पावर लिमिटेड
कावेली पावर लिमिटेडले चालु आर्थिक बर्ष भित्रमा १ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर निश्कासन गर्न लागेको छ । २५ मेगावाटको कावेली–बि–१ जलविद्युत् आयोजना निर्माणका लागि पैसा जुटाउन कम्पनीले सेयर जारी गर्न लागेको हो । स्थानीय वासिन्दाले १० प्रतिशत अर्थात ११ करोड १० लाख रुपैयाँको सेयर पाउने छन् । आयोजनाको निर्माण लागत ३ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लागतमध्ये बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशत ऋण लगानी गर्ने छन् । वाँकी लगानी संस्थापक प्रवद्र्धक र सर्वसाधारणबाट जुटाइने छ ।
गज्र्याङ्ग हाइड्रो पावर
गज्र्याङ्ग हाइड्रो पावर कम्पनीअन्तर्गतको २ दशमलव ८३ मेगावाटको चाकेखोला जलविद्युत आयोजनाको ५ लाख २२ हजार कित्ता साधारण शेयर पनि आउने तयारीमा छ । रामेछापको चुचुरे गाविसमा निर्माणाधीन जलविद्युत आयोजनाको कुल लागत ४७ करोड ९२ लाख रुपैंया रहेको छ । कम्पनीले १ लाख ७४ हजार २ सय कित्ता शेयर स्थानीय जनताको लागि र बाँकी ३ लाख ४८ हजार ४ सय कित्ता शेयर अन्य सर्वसाधारणका लागि बिक्री गर्न लागेको छ । कुल ४७ करोड लागत रहेको आयोजनामा सर्वसाधारणको ५ करोड २२ लाख, प्रवद्र्धकको १२ करोड १९ लाख ४० हजार रुपैंया लगानी रहने छ भने बाँकी ३० करोड ५० लाख रुपैंयाका लागि कम्पनीले नेपाल बैंक र प्रभु बैंकसंग ऋण सम्झौता गरिसकेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबीएल क्यापिटल रहेको छ । यस कम्पनीको शेयर पनि चालु आर्थिक बर्ष भित्रमा आईसक्ने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु