‘ निजगढ विमानस्थलको काम छिटो सक ‘

२०७२ माघ ३ गते, आईतवार

काठमाडौं, ३ माघ । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको काम तदारुकताका साथ सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले विभिन्न वहानामा विमानस्थल निर्माण कार्य अबरुद्ध गर्न नपाईने भन्दै यसलाई जतिसक्तो छिटो प्रक्रिया पुर्‍याएर विमानस्थल निर्माणको कामलाई पूर्णता दिन निर्देशन दिएको हो ।
यसैगरी वन मन्त्रालय मातहतमा पर्ने कामलाई पनि ढिलाई नगर्न समितिले आग्रह गरेको छ । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले सरोकारवालाहरुसँग समन्वय गरी विमानस्थल निर्माणको काम पूरा गर्ने प्रयास भइरहेको जानकारी दिए ।
मन्त्री पोखरेलले प्रस्तावित आयोजनास्थलको अध्यावधिक सीमांकन गरी ती क्षेत्रमा वसोवास गर्नेहरुलाई वैकल्पिक व्यवस्था गर्ने नीतिगत निर्णय भइसकेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु