पूर्ण तौलको सिलिन्डर बिक्री गर्न प्रतिबन्ध

२०७२ माघ १२ गते, मंगलवार

काठमाडौ, १२ माघ । सरकारले पूर्ण तौलको ग्यास सिलिन्डर बिक्री गर्न रोक लगाएको छ । ग्यास उद्योगीले मंगलबारदेखि पूर्ण तौलको सिलिन्डर बिक्री गर्ने तयारी गरिरहेकै बेला सरकारले भने अनुमति बिा बिक्री गर्न नदिइने जानकारी दिएको छ । पूर्ण सिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ । आपूर्ति मन्त्रालयका सचिव विष्णु लम्सालले ग्यास उद्योगीले एकलौटी रुपमा सरकारको अनुमति वेगर पूर्ण तौलको सिलिन्डर बिक्री गर्न खोजे पनि त्यो नपाउने बताए ‘१४.२ किलोमा जाने वा हाल वितरण भइरहेको ७.१ किलो नै कायम राख्ने भन्नेमा छलफल गर्दैछौं,’ सचिव लम्सालले भने, ‘तर, अहिलेसम्म कुनै निर्णय भएको छैन ।’
सरकारको अनुमति वेगर कुनै पनि बहानामा १४.२ किलो तौल भएको सिलिन्डर बिक्री गरेको पाइए त्यस्ता उद्योगीलाई कारबाही गरिने उनले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४४.२५ अंकले बढ्यो

२०८२ आश्विन २७ गते, सोमबार

नेप्से ७८.८३ अंकले घट्यो

२०८२ आश्विन २६ गते, आईतवार

श्रीनगर एग्रीटेकको आईपीओ निष्कासन

२०८२ आश्विन २६ गते, आईतवार