फेरि बढ्यो लोडसेडिङ
काठमाडौ, १८ माघ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ बढाएर साताको ९१ घण्टा पुर्याएको छ । प्राधिकरणको नयाँ तालिका अनुसार सोमबारदेखि दैनिक १३ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो । ‘यसअघि सातामा ८३ घण्टा हुँदै आएको लोडसेडिङ ९१ घण्टा पुर्याउन बाध्य भएका छौं,’ नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले बताए । प्राधिकरणका अनुसार हाल विद्युतको माग १३ सय मेगावाट भए पनि भारतबाट आयात गरेको समेत जोडेर नेपालमा ५ सय मेगावाट मात्रै बिजुली छ । माग भन्दा झण्डै ८ सय मेगावाट बिजुली अभाव भएकाले लोडसेडिङ बढाउनु परेको क्षेत्रीको कथन छ ।