विराटनगरलाई ‘कलर जोन’ शहर बनाइने
काठमाडौ, २० माघ । विराटनगर उप महानगरपालिकाले नगरका सबै (४६ हजार) घरलाइ एकै रगमा सजाई ‘कलर जोन’ शहरका रुपमा विकास गर्ने भएको छ । उप महानगरपालिकाले नगरका सवै ४६ हजार घर एकै रगमा सजाई शहरलाई कलर जोन वनाउने अभियान थालेको हो । विराटनगर उपमहानगार पालिकाले दुई वर्ष भित्र महानगरपालिकाका भित्ररहेका घर एकै रंगको प्रयोग गर्ने लक्ष्य सहित रंग छनौटको काम सुरु गरेको छ ।
बिराटनगर उप–महानगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीका अनुसार नगरबासीहरुलाई हाल नगरपालिकाले तयार पारेको अनलाइन भोटिङ मार्फत उप–महानगरपालिकाको रंगको छनौट गर्ने काम भइरहेको छ ।
नगरपालिकाद्वारा गठित रंङ छनौट समितिले छानेको सेतो, सिम्रिक, गुलाबी, खराने चारवटा रंङलाई फेसवुक तथा बेव साइटबाट नगरवासीको बढी मत ल्याउने रङ नै बिराटनगरको लागि उत्कृष्ट रङ ठहरिनेछ ।
दुई बर्षे यो कार्यक्रममा रङ खरिदका लागि नगरवासीको लागत रकमको ३० प्रतिशत खर्च नगरपालिकाले ब्यहोर्ने छ ।