नेपाल प्रहरी र सशस्त्रको रासन भत्ता घटाइने
काठमाडौ, २१ माघ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को १ वर्षअघिबाट कायम रहेको रासन सुविधामा १५ देखि २० प्रतिशतसम्म कटौती गर्ने भएको छ । सरकारले दुवै प्रहरीकालगि २२ र सेनालाई २४ प्रकारको रासन स्केल उपलब्ध गराउँदै आएको छ। प्रहरी र सशस्त्रका करिब १ लाख जनशक्तिका लागि रासन भत्तामा मासिक ७० देखि ८० करोड रुपैयाँसम्म खर्च हुन्छ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले दुवै प्रहरीको रासन भत्ता समायोजन गर्नेबारे अर्थ मन्त्रालयमा छलफल जारी रहेको बताए । उनका अनुसार अर्थका अधिकारीले अहिले कायम सुविधा घटाउने पक्षमा धारणा राखेका छन्। तर समायोजनको नाममा खाइपाइ आएको सुविधा कटौती गर्दा चौबीसै घण्टा ड्युटीमा खटिने प्रहरीको मनोबल खस्किने भएकाले चित्तबुझ्दो निर्णय आवश्यक रहेको उनको भनाई छ ।- कारोबार दैनिकवाट