सुन तोलाको ५२ हजार
काठमाडौं , २१ माघ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ५२ हजार रुपैयाँमा छोएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ ।
बुधबार सुन प्रतितोला ५१ हजार हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा बृद्धि भइरहँदा त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको छ । आज तेजावी सुनको मूल्य भने ५१ हजार ७ सय ५० रुपैयाँ तय भएको छ । चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। बुधबार ६ सय ९० रुपैयाँमा किनबेच भएको चाँदी आज ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।