३१ देखि ४५ लटसम्मका मोटरसाइकललाई पेट्रोल दिइदै

२०७२ माघ २२ गते, शुक्रबार

काठमाडौँ , २२ माघ । नेपाल आयल निगमले आज ३१ देखि ४५ लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पाँच लिटरका दरले पेट्रोल बिक्री गर्दैछ । निगमले काठमाडौं उपत्यका र काभ्रेका विभिन्न ५१ वटा पम्पबाट शुक्रबार बिहान ९ बजेदेखि पेट्रोल बिक्री गर्न थालेको जनाएको छ । नविकरण गरिएको ब्लु बुकसहित लट नम्बरका आधारमा तोकिएका मध्ये आफूलाई पायक पर्ने पम्पमा गएर तेल भर्न निगमले आग्रह गरेको छ ।
तोकिएको लट नम्बर अनुसार लाइनमा बसे नबसेको र बिक्री वितरण सहज रुपमा भए नभएको बारे बाणिज्य विभाग, नेपाल आयल निगम तथा प्रहरीको संयुक्त टोलीले अनुगमन गर्ने जनाइएको छ । निगमले बुधबार १ देखि ३० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल बिक्री गरेको थियो । बाँकी लटका लागि पछि सूचना निकालिने निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार