सबै पेट्रोल पम्पहरुबाट इन्धन दिइदै

२०७२ माघ २९ गते, शुक्रबार

काठमाडौ, २९ माघ। नेपाल आयल निगमले काठमाडौं उपत्यकाका सबै पेट्रोल पम्पहरुबाट इन्धन वितरण गर्ने भएको छ । निगमले आजदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे चार लाख लिटर डिजेल वितरण गर्ने जनाएको छ । वीरगञ्ज नाका खुलेपछि पहिलो पटक आपूर्ति मन्त्रालयमा सरोकारवालाहरुको बैठक बसेको थियो । बैठकले आपूर्ति सहज भएको निष्कर्ष निकाल्दै आजदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटर डिजेल बाँड्ने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
वीरगञ्ज नाका खुलेपछि हिजो पहिलो पटक आपूर्ति मन्त्रालयमा सरोकारवालाहरुको बैठक बसेको थियो । बैठकले आपूर्ति सहज भएको निष्कर्ष निकाल्दै आजदेखि दैनिक पेट्रोल र साढे ४ लाख लिटर डिजल बाँड्ने निर्णय गरेको प्रवक्ता घिमिरेले जानकारी जानकारी दिए । उपत्यकाको अधिकाँश पम्पबाट इन्धन बितरण गर्ने व्यवस्था मिलाइए पनि आगामी एक सातासम्म मोटरसाइकल-स्कुटरललाई दैनिक ५ लिटर र चार पाँग्रे सवारी साधनले १५ लिटरसम्म मात्र पेट्रोल उपलब्ध गराइनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार