सुन तोलाको ५५ हजार ५ सय
काठमाडौं , २९ माघ । । आज सुनको मुल्य १ हजारले बढेर तोलाको ५५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बिहीबार तोलाको ५ सयले बढेर ५४ हजार ५ सयम रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ हजारले बढेर किनबेच भएको हो । शुक्रबार तेजावी सुन प्रतितोला ५५ हजार २ सय ५० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीको मुल्य १५ रुपैयाले बढेर प्रतितोला ७३० रुपैयामा कारोबार भएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाऊ उकालो लागेकाले नेपाली बजारमा पनि प्रभाव परेको महासंघले बताएको छ ।