डा. भक्तमानलाई भ्रष्टाचारको मुद्दा

२०७२ फाल्गुन २ गते, आईतवार

काठमाडौँ, २ फागुन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध पदमा बहाल रहँदा पदीय जिम्मेवारीको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले अस्पतालमा सेवा प्रवेश गरेदेखि नै भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । श्रेष्ठविरुद्ध १ करोड ६७ लाख ५७ हजार एक सय रुपैयाँ माग दावी गरिएको छ । श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु