माग अनुसार इन्धन वितरण गर्ने तयारी

२०७२ फाल्गुन ३ गते, सोमबार

काठमाडौं, ३ फागुन । नेपाल आयल निगमले उपभोक्तालाई लाइनमा नराखीकनै माग अनुसार इन्धन वितरण गर्ने तयारी भइरहेको बताएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेले अब बिस्तारै आयात बढ्न थालेकाले यही हप्ताभित्र पेट्रोल र डिजेलको वितरण सहज हुने बताए । तोकिएको पम्पबाट समेत इन्धन भर्न नपाएको उपभोक्ताले गुनासो गरिरहँदा निगमले अवस्था सहज बनाउने प्रयास भइरहेको बताएको हो । निगमका अनुसार सोमबार काठमाडौंमा ६ सय किलो लिटर पेट्रोल र यही परिमाणमा डिजेल पठाउने तयारी भइरहेको छ ।
विभिन्न नाका भएर भने दैनिक ३ सय किलोलिटर तेल मात्रै काठमाडौं भित्रिएको छ । निगमसँग स्टकमा रहेको १५ लाख लिटर पेट्रोलबाटै अहिले वितरण थालिएको हो । निगमका अनुसार आइतबार रक्सौल नाकाबाट ११ सय किलोलिटर तेल लोड भएको र यो काठमाडौं आउने क्रममा छ । शनिबार भारतीय आयल कर्पोरेशनले लोड नगरिदिदा माग अनुसारको बजारमा पठाउन नसकेको निगमले जनाएको छ । तेलको सहज वितरणका लागि रक्सौलबाट दैनिक २४/२५ सय किलोलिटर तेल आवश्यक पर्छ ।
यही हप्तामा पेट्रोल डिजेलको वितरण सहज हुने भए पनि ग्यासको वितरण सहज गर्न भने एक महिना लाग्ने निगमले जनाएको छ । माग धेरै भएको तर त्यही अनुपातमा लोड र आयात नभएकाले ग्यासको तत्काल वितरण सहज नहुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । दैनिक ५०/५५ बुलेट ग्यास आयत हुनुपर्नेमा अहिले दैनिक ४० बुलेको हराहारीमा मात्रै भित्रने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार