माग अनुसार तेल आउन सकेन : निगम
काठमाडौ, ६ फागुन । नाका खुलेको दुई हप्ता पुग्न लाग्दा पनि पेट्रोलिय पदार्थको आपूर्ति अझै सहज भइसकेको छैन । नेपाल आयल निगमले दैनिक रुपमा आवश्यकभन्दा ५० प्रतिशत मात्रै कम तेल आएकाले सहज हुन नसकेको बताएको छ । भारतीय पेट्रोलियम एसोसियनसँग छलफल भइरहेको र केही दिनमा पुरै तेल आउने वित्तिकै सहज हुने निगमको दावी छ । निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आवश्यक मागको ५० प्रतिशत मात्र तेल आएको र त्यसको वितरण सबै ठाउँमा गर्दा माग पुरा नसकिएको बताए ।
वीरगञ्ज नाका खुलेपनि आयात पूर्ण भइसकेको छैन । निगमले आज पनि उपत्यकासहित विभिन्न पम्पबाट तेल वितरण गर्ने जनाएको छ । आज निगमले काठमाडौं उपत्यका, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र दोलखाका ७५ वटा पम्पलाई डिजेल र ७४ वटा पम्पलाई थप पेट्रोल उपलब्ध गराउने बताएको छ ।