ठग पेट्रोल पम्पमा सिलबन्दी

२०७२ फाल्गुन १० गते, सोमबार

काठमाडौं, १० फागुन । नापतौलमा ठगी गरेको प्रमाणित भएपछि झापाका दुईवटा पेट्रोल पम्पमा आइतबार सिलबन्दी गरिएको छ । भद्रपुरस्थित आर्य ट्रेड इन्टरनेसनल र सुरुङ्गामा रहेको मातृ पेट्रोल पम्पमा सिलबन्दी गरिएको नापतौल गुणस्तर नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरका अधिकृत मनिषकुमार दासले जानकारी दिए । जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, नापतौल गुणस्तर नियन्त्रण कार्यालयबाट खटिएको अनुगमन टोलीले झापाका चारवटा पेट्रोल पम्पको अनुगमन गरेको थियो । अनुगमनको क्रममा आर्यले उपभोक्तालाई वितरण गरिने पाँच लिटरमा ६०० एमएल र मातृले पाँच लिटरमा ३०० एमएल ठगी गरेको पाइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार