अमेरिकी डलरको सटहीदर एक सय १० रुपैयाँ चार पैसा

२०७२ फाल्गुन ११ गते, मंगलवार

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको सटहीदर एक सय १० रुपैयाँ चार पैसा तोकेको थियो जुन अहिलेसम्म कै सबैभन्दा धेरै हो । आइतबारको तुलनामा २० पैसा बढी हो ।
यसअघि फागुन ७ गते डलरको भाउ एक सय ९ रुपैयाँ ९६ पैसा पुगेको थियो । राष्ट्र बैंकले एक सय १० रुपैयाँ चार पैसा तोकेपनि बजारमा भने डलरको कारोबार एक सय १० रुपैयाँ ५० पैसासम्ममा भएको छ । खुलाबजारमा बाणिज्य बैंकले विदेशी मुद्राको कारोबार गर्न आफ्नै दर तोक्न पाउने व्यवस्था छ ।
नेपाली रुपैयाँ डलरसँग कमजोर हुनुको कारण नेपालको अर्थतन्त्र भने होइन । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमयदरका कारण भारु कमजोर भएकाले नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।
डलरको मूल्य बढी हुँदा विदेशमा काम गर्ने नेपालीलाई रेमिट्यान्स पठाउँदा फाइदा हुन्छ भने निर्यातकर्तालाई पनि मुनाफा नै हुन्छ । तर डलर तिरेर विदेशबाट आयात गर्ने सामानको मूल्य भने बढी तिर्नु पर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार