प्रहरीद्वारा म्यानपावरमा छापा
काठमाडौं, १२ फागुन । महानगरिय अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न १६ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ । प्रहरीले वैदेशिक रोजगारीमा कामदार पठाउँदा ठगि गर्ने म्यानपावरमा आज दिउँसो छापा मारेको हो । महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार द रिभर ओभरसिज, अलसेक्युर रिक्रुइटमेन्ट, मेलको इन्टरनेश्नल, इनोभेटिभ ह्यूमन रिसोर्स लगातय १६ वटा म्यानपावरमा एक साथ छापा मारिएको छ ।
वैदेशिक रोजगारीका क्रममा ठगि गरेको भन्दै आएका उजुरीको आधारमा छापा मारिएको र यो क्रम निरन्तर चल्ने एसएसपी खनालले बताए । महाशाखाले वैदेशिक रोजगारमा हुने ठगि नियन्त्रणकालागि पुषदेखि छुट्टै हटलाइन सेवा समेत सुरु गरेको छ । अव ठगि तथा वेचविखनमा पर्ने कामदारले ११७७ मा फोन गरेर प्रहरीलाई खबर गर्न सकिने छ । एसएसपी खनालले हटलाइनमा टिपाएका समस्यामाथि जतिसक्दो चाँडो कार्बाहि बढाईने बताए । अहिले सबै भन्दाबढि समस्या बैदेशिक रोजगारको नाममा देखिएकाले यता सक्रियता बढाएको खनालले बताए ।