म्यानपावरद्वारा कामकाज ठप्प

२०७२ फाल्गुन १३ गते, बिहीबार

काठमाडाें, १३ फागुन । हिजो महानगरीय अपराध महाशाखाले उपत्यकाका १८ वटा म्यानपावरमा छापा मारेपछि वैदेशिक रोजगार व्यवसायी महासंघले आजबाट सम्पूर्ण म्यानपावर बन्द गरी कामकाज ठप्प पारेका छन । उनीहरुले प्रहरीले छापा मारेको भन्दै राजधानीका सम्पूर्ण म्यानपावर कम्पनीहरु आजबाट बन्द गरेका हुन् । हिजो प्रहरीले ठगी गरेको भन्दै १४ जना म्यानपावर संचालकलाई पक्राउ गरेको थियो। जसमा ३ जना महिला संचालक पनि छन् । प्रहरीले आफ्नो कार्यक्षेत्रबाहिर गएर म्यानपावर कम्पनीमा छापा मारेको महासंघले जनाएको छ। आजबाट म्यानपावर बन्द भएपनि भिसा आएर विदेश जान ठिक्क परेकाहरुलाई सात दिनभित्र उडाउन पनि महासंघले सबैसंग आग्रह गरेको छ । उपत्यकामा ६ सय २५ भन्दा बढी म्यानपावर कम्पनी छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार