मन्दिरमा दान गरेका सामान विक्रिमा !

२०७२ फाल्गुन १५ गते, शनिबार

काठमाडौं, १५ फागुन । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा विगत चार वर्षयता चढाइएका सामग्री बिक्रीमा राख्ने भएको छ । २०६८ सालदेखि भण्डारणमा थन्काइएका विभिन्न कपडा र शृंगार सामग्री सोभेनियर पसल खोलेर बिक्री गर्न लागिएको हो । यसका लागि कोषले शनिबारदेखि सामग्री सूचीकृत गर्ने भएको छ । कोषले ०६८ चैतमा मन्दिर तथा पूजा व्यवस्था नियमावली बनाएर लागू गरेपछि मन्दिरमा चढाइने जिन्सी सामग्रीलाई मुचुल्का उठाएर मन्दिर परिसरकै भण्डारमा राख्दै आएको थियो । पशुपतिनाथ मन्दिर तथा गुठी व्यवस्थापन महाशाखाका प्रमुख भोलाप्रसाद सिटौलाले चढाइएका जिन्सी सामग्री मन्दिरको पश्चिम द्वारछेउमा सोभेनियर पसल सञ्चालन गरी बिक्री गर्न लागिएको जानकारी दिए । – अन्नपूर्ण पोस्ट दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार