दुई वर्षभित्र मुलुक खाद्यान्नमा आत्मनिर्भर : प्रधानमन्त्री

२०७२ फाल्गुन २८ गते, शुक्रबार

काठमाडौ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने अभियानका साथ सरकार अघि बढेको बताउनुभएको छ ।
नेपाल जाइका अलुम्नाई एसोसिएसन ९जान०को ४२औंँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘नेपालको कृषि विकासको क्षेत्रमा जापानी सहयोगको छ दसक’ विषयक राष्ट्रिय कार्यशालामा उहाँले दुई तिहाई भन्दा बढी जनसङ्ख्या कृषिमा निर्भर रहेकाले कृषिको आधुनिकीकरणको आवश्यकता रहेको बताउनुभयो ।
कृषिमा जापानी सहयोगले निरन्तरता पाउने अपेक्षा गर्दै उहाँले जापानजस्ता विकसित मुलुकलाई नेपालको आर्थिक विकासमा खुला मनले सहयोग गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार अन्य सरकार भन्दा फरक भएकाले तीव्र आर्थिक विकासमा तप्परता देखाएको स्पष्ट गर्नुभयो ।
उहाँले जापनमा सन् २०११मा भएको ठूलो भूकम्पपछिको पुनःनिर्माणको अनुभवसहित नेपालमा गत वैशाखमा आएको भूकम्पमा जापानले गरेको सहयोगको सह्राना गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “कृषिप्रधान मुलुक भए पनि खाद्यान्नमा आत्मनिर्भर हुनसकेका छैनाँै । यो अशोभनीय हो । दुई वर्षभित्र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने अभियानका साथ हामी अघि बढेको छाँै ।” उहाँले जमिनको अधिकतम् प्रयोग गरेर कृषिको व्यावसायिकरणमा जापानी सहयोग महत्वपूर्ण हुनसक्ने धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओलीले जनताको हक अधिकारको रक्षा प्रबन्ध गर्दै सन्तुलित आर्थिक उन्नति गर्दै जलवायु परिवर्तनको प्रभावबाट बच्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले दोस्रो विश्वयुद्धको पीडाबाट एक दसकभित्रै पुनःनिर्माण गरेर संसारको सबैभन्दा दाताका रुपमा जापान अघि आएकामा प्रशन्नता व्यक्त गर्नुभयो ।
नेपालका लागि जापानी राजदूत मासाही ओगावाले नेपालको आर्थिक सामाजिक विकास र रुपान्तरणका लागि यो वर्ष उपब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।
जापानी सहयोग नियोग९जाइका० नेपालका प्रमुख सुतोमी सिमुजीले ग्रामीण क्षेत्रमा कृषिको विकासका लागि औद्योगिकीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जानको मुखपत्र ‘मिलन’को लोकार्पण गरियो भने नवनिर्वाचित अध्यक्ष डा रामचन्द्र भूषालसहित कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरियो ।
कार्यक्रमको दोस्रो सत्रमा मुख्य सचिव डा सोमलाल सुवेदी र कृषि क्षेत्रका सरकारी प्रतिनिधिले कार्यपत्र प्रस्तुती र छलफल भर्इ आगामी दिनमा नेपालको कृषिक्षेत्रमा जापनी सहयोगको सम्भावना औँल्याइनेछ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार