प्रधानमन्त्री अोलीको चीन उडान सित्तैमा !
काठमाडौ, ८ चैत । प्रधानमन्त्री केपी ओली अन्तत: नीजि एरलाईन्सबाटै चीन भ्रमणमा निस्केका छन् । प्रधानमन्त्री सहितको झण्डै सय जनाको नेपाली टोलीलाई चिनियाँ र नेपाली व्यवसायीको संयुक्त लगानीमा सुरु हिमालय एयरलाइन्सले सित्तैंमा चीन घुमएर ल्याइदिने भएको छ।
‘यो सित्तैको चार्टर उडान हो, सरकारी टोलीसित एक रुपैयाँ पनि लिने छैनौं, एयरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले भने,‘काठमाडौ बेइजिङ उडान कमर्सियल नभइ नन रेभेन्यु चार्टर फ्लाइट हो।
गत फागुन २६ गते नेपाल भित्रिएको यो जेटबाट ओलीसहितको टोली आइतबार विहान ११ बजे बेइजिङका लागि उडेको थियो। नेपाली समयअनुसार दिउँसो ४ बजे बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गरेको यो विमान हिमालयका विदेशी पाइलटहरुले उडाएका थिए। चीनको छेन्दुबाट १२ दिनअघि तिब्बत एयरलाइन्सका पाइलटहरूले उडाएर ल्याएको यो जेट विमान युरोपेली कम्पनी एयरबसको ‘ए–३२० सिरिज’ हो । – कान्तिपुर दैनिकवाट