काठमाडौं – सिस्नेरी – हेटौंडा जोड्ने छोटो मार्ग बन्द

२०७२ चैत्र १२ गते, शुक्रबार

काठमाडौं, १२ चैत । काठमाडौंबाट सिस्नेरी हुँदै हेटौंडा जाने र फाखेल हुँदै हेटौंडा जाने दुबै सडकमा सवारी आवागमन प्रभावित भएको छ । सडक मर्मत र बिस्तारका कारण छोटो दुरीका दुबै सडकखण्डको आवागमन प्रभावित भएको हो । काठमाडौं–फाखेल–हेटौंडा सडक शुक्रबारबाट एक महिनासम्मका लागि पूर्ण रुपमा बन्द गरिएको छ । सडक मर्मतका लागि यातायात संचालनमा रोक लगाइएको हो ।
त्यस्तै काठमाडौं–सिस्नेरी–हेटौंडा सडक भने विहान १० बजेदेखि ५ बजे सम्मका लागि बन्द गरिएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ ।
काठमाडौंबाट बिरगंज, रौतहट बारा र पर्सा जाने आउने सवारी साधनले उक्त समयावधिभर नौबिसे–टिस्टुङ्ग–पालुङको बाटो प्रयोग गर्न सक्नेछन् । त्यस्तै सर्लाही जाने आउने सवारी साधनले बनेपा, भकुण्डेवेसी, सिन्धुली खुर्कोट हुदै बर्दिवासको बाटो बैकल्पिक रुपमा प्रयोग गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार