सडक खाना महोत्सव हुदै

२०७२ चैत्र १९ गते, शुक्रबार

काठमाडौं, १९ चैत । कपिलवस्तु जिल्लाका पश्चिमी क्षेत्रको चन्द्रौटामा पहिलोपटक सडक खाना महोत्सव हुने भएको छ । यस क्षेत्रका ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार, विकास र प्रवर्धन तथा जातीय पहिचानका लागि महोत्सव गर्न लागिएको हो । ओम इन्टरटेनमेन्ट प्रा.लि. काठमाडौंले आयोजना गर्न लागिएको सडक खाना महोत्सवमा विभिन्न जातजातिको खानाको परिकारहरुको स्टल राखिनेछ । विभिन्न जातजातिका कलासंस्कृति, भेषभुषाका साथै धार्मिक तथा पर्यटकीय स्थल शिवगढी, धानखोला, सोनवागढ, उमरी गुफा, कर्णेश्वरी मन्दिर, दुर्गा मन्दिर लगायतका क्षेत्रको प्रचार प्रसारमा विशेष प्राथमिकतामा राखिने आयोजक संस्थाका अध्यक्ष श्रृजन पोख्रेलले जानकारी दिए । हिजो पत्रकार सम्मेलनमा मूल व्यवस्थापन समिति संयोजक पोख्रेलले ओझेलमा परेका जिल्लाका पश्चिमी क्षेत्रका ऐतिहासिक सांस्कृतिक धरोहरहरुको प्रवर्धनमा टेवा पु¥याउन सडक खाना महोत्सव आयोजना गर्न लागिएको बताए । सडक खाना महोत्सव साँझ ६ बजेदेखि राति करीब ११ बजेसम्म चल्ने आयोजकले बताएको छ । महोत्सव पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रौटाको मुख्य बजारको एभरेष्ट बैंक अगाडि राखिने बताइएको छ । – सोनु कुमार सुनार

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु