सरकार र वैदेशिक रोजगार व्यवसायीबीच वार्ता जारी
काठमाडौ, २१ चैत । वैदेशीक रोजगार सहज नभएको भन्दै व्यवसायीहरुले आन्दोलन गरेपछि सरकारले वार्तामा बोलाएको छ । आज पनि सरकार र वैदेशिक रोजगार व्यवसायीबीच वार्ता हुने भएको छ । ‘फ्रि भिसा फ्रि टिकट’ पछि असन्तुष्ट व्यवसायीहरुले केही शुल्क वैधानिकरुपमै तोक्नुपर्ने माग गरेका छन् ।
व्यवसायीसँगको वार्तामा श्रम तथा रोजगार मन्त्रालयले सरकारले गरेको निर्णय र व्यवसायीको मागको बिचबाट समाधान गर्नुपर्ने प्रस्ताव राखेको छ ।\
वार्ता दिउँसो का लागि तय गरिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ‘फ्रि भिसा–टिकट’ शब्द यथावत् राख्दै सेवा शुल्कका नाममा कामदारसँग एक महिनाको तलब वा ४ सय अमेरिकी डलरमध्ये एउटा लिन पाउनुपर्ने अडान राखेका छन् । गत असार २१ देखि लागू भएपछि कार्यान्वयनमा भने पुरै आएको छैन ।