प्राधिकरणको फिडरमा आगलागी
काठमाडौं, २५ चैत । नेपाल बिद्युत प्राधिकरण तौहिलवा बितरण केन्द्रको नवनिर्मित फिडर आज बिहान २ बजेतिर अचानक लागेको आगोले ध्वस्त भएको छ । चार वटै प्यानल सहीत फिडरमा रहेका सबै बिद्युतीय सामाग्रीहरु जलेर नष्ट भएको प्राधिकरणका प्रमुख नारायण अर्यालले जानकारी दिए । लोडसेडिङको तालिका अनुसार आज बिहान २ बजे लाईन आउने बित्तिकै आगलागी सुरु भएको उनले बताए । फिडरमा आगलागी भए पछि बिद्युत आपुर्ति समेत बन्द भएको र लाईन सुचारु हुन कम्तीमा पनि २ दिन बढी लाग्ने प्रमुख अर्यालले बताए । निर्माण गरिएको फिडर अझै ठेकेदार कम्पनीले प्राधिकरणलाई हस्तान्तरण गरेको छैन । बिद्युत आपुर्ति बन्द भए पछि तौलिहवा र आसपसका जनताहरु मर्कामा परेका छन् । आगलागी कपिलवस्तु नगरपालिको दमकल, नेपाल र सशस्त्र प्रहरी र प्राधिकरणको कर्मचारीको प्रयासले बिहान ४ बजेतिर मात्र नियन्त्रणमा आएको थियो ।