वाणिज्य बैंकका प्रमुख श्रेष्ठद्वारा पदभार ग्रहण
काठमाडौँ, २९ चैत । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आज पदभार ग्रहण गरेका छन । पद बहालीपछि श्रेष्ठले देशको आर्थिक सामाजिक रुपान्तरणमा बैकको भूमिका अभिवृद्धिका लागि आफूले पेस गरेको व्यावसायिक योजनाबमोजिम अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नायब महाप्रबन्धक विष्णुप्रसाद वैद्यले बैकको समग्र अवस्थाबारे जानकारी गराउनुभएका थिए । श्रेष्ठ राष्ट्रिय वाणिज्य बैकमा खुल्ला प्रतिष्पर्धाबाट नियुक्त हुने दोस्रो प्रमुख कार्यकारी अधिकृत हुन । यसअघि कृष्णप्रसाद शर्मा खुल्ला प्रतिष्पर्धाबाट नियुक्त भएका थिए । श्रेष्ठले यसअघि नेपाल बैक लिमिटेडमा महाप्रबन्धकको जिम्मेवारीको सम्हाली सकेका छन ।