लागूऔषधसहित दुईजना पक्राउ

२०७३ बैशाख २ गते, बिहीबार

काठमाडौं, २ वैशाख । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ‘आइस’ नामले चिनिने लागूपदार्थ एम्फेटामाइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सत्यदेवी घर भइ काठमाडौंको टोखामा बस्दै आएका नेत्र गुरुङ र चित्र गुरुङ रहेका छन् । ब्यूरोले उनीहरुलाई गत चैत ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘गोल्डन गेट’बाट पक्राउ गरेको हो । प्रहरीले विहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । थाइल्यान्डबाट फिलिपिन्स, म्यानमार र अष्ट्रेलियामा एम्फेटामाइनको कारोबार गर्दै आएका यी दुईजना चैत २९ गते काठमाडौ आएका थिए ।
प्रहरीले उनीहरुको साथबाट करिब ९० लाख ६० हजार नेपाली रुपैयाँ बराबरको अवैध एम्फेटाइन बरामद गरेको छ । बच्चाको खेलौना, सुटकेसको डन्डी र क्रिमको बट्टामा लुकाएको एम्फेटामाइन उनीहरुबाट बरामद भएको प्रहरीले जनाएको छ । एम्फेटाइनको अवैध कारोबार गर्ने नाइकेहरु धादिङका धर्म पाख्रिन तामाङ र पूर्ण पाख्रिन तामाङ दाजुभाइ रहेको र उनीहरु थाइल्यान्डमा बस्ने गरेको पनि प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार