अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती माग

२०७३ बैशाख ४ गते, शनिबार

काठमाडौ, ४ बैशाख । अपहरणमा परेको नाटक गरेर विदेशमा बस्ने बाबुसँग पाँच लाख माग गर्ने एक युवा पक्राउ परेका छन् । सिरहा घर भई विराटनगरमा बसेर सिभिल इन्जिनियरिङ पढ्दै गरेका १९ वर्षीय कृष्णकुमार साफी बाबुसँग फिरौती माग गरेको आरोपमा पक्राउ परेका हुन् । विराटनगरको एक गेस्टहाउसमा बसेर वैदेशिक रोजगारीमा रहेका बाबुसँग उनले फिरौती रकम माग गरेको प्रहरीले जनाएको छ ।
कृष्णकुमारले आफू अपहरणमा परेको र तत्काल पाँच लाख नदिए ज्यानसमेत लिने धम्की दिँदै घरपरिवार र विदेशमा रहेका आफ्ना बाबुलाई एसएमएस पठाएका थिए । छोरा अपहरण परेको सूचना आएको जानकारी परिवारमार्फत पाएपछि मोरङ प्रहरीले कृष्णले प्रयोग गरेको मोबाइल ट्रेस गरेर खोजी थाल्यो । खोजीका क्रममै उनी बिहीबार विराटनगरको एक गेस्टहाउसमा फेलापरेका थिए ।
पक्राउ परेपछि कृष्णले आफूले जिस्किएर बाबु र परिवारलाई अपहरणको सूचना पठाएको प्रहरीलाई बयान दिएका छन् । बाबुसँग पाँच लाख माग्नुपर्ने कारण भने उनले अझै खुलाएका छैनन् । मोरङ प्रहरी प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले घटनाको सूक्ष्म अनुसन्धान भइरहेकाले शनिबार औपचारिक रूपमा सबै विवरण सार्वजनिक गर्ने बताए । ‘अहिले सबै भन्न सकिँदैन, शनिबार सबै सार्वजनिक गर्दै छौँ,’ उनले भने । – नयाँ पत्रिका दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार