चिनियाँ जहाजले निगम डुबाउँदै

२०७३ बैशाख ६ गते, सोमबार

काठमाडौं, ६ वैशाख । चिनियाँ जहाज आएपछि बजार हिस्सा बढ्ने र प्रशस्त नाफा कमाउने सपना देखेको राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमलाई अहिले आएर ती जहाज ‘घाँडो’ भएका छन् । चार थान खरिद गर्दा दुईटा सित्तैमा पाइने चिनियाँ स्किमअनुसार पहिलो खेपमा ल्याइएका दुई जहाजमध्ये एउटा ६ महिना र अर्को एक सातादेखि थन्किरहेका छन् । सित्तैको ललिपप’ देखाएर चीनले उपलब्ध गराएका यी जहाजबाट उल्टै घाटा बेहोर्नुपर्दा निगमको अलिअलि भएको छवि पनि धुमिल भइरहेछ । निगमका अनुसार काठमाडौंबाट ५६ सिट क्षमताको एमए–६० उड्दा ५४ यात्रुमात्र राख्न मिल्छ । तापक्रम र धावनमार्ग लम्बाईका आधारमा काठमाडौं फर्किदा यो जहाजले न्यूनतम ३६ (भद्रपुरबाट फर्किदा) र बढीमा ४८ (धनगढीबाट फर्किदा) जना यात्रुमात्र ल्याउन सक्छ । –नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार